बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउनुपर्छ : गगन थापा (भिडिओ)

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारसम्बन्धी मुद्दामा पुनर्विचार गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बलात्कारसम्बन्धी कानूनी हदम्यादमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन सभामुखलाई अनुरोध गरे।

सौन्दर्य प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएकोमा उक्त मुद्दामा अनुसन्धान अघि बढाउनुपर्ने उनले बताए। आरोपितलाई तत्काल अनुसन्धानको दायरमा ल्याएर अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ थियो।

सामाजिक सञ्जालमार्फत एक पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन्।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved