मकवानपुरमा सात पालिकाको नतिजा आयो, कांग्रेस चार र एमाले दुईमा विजयी

नेकपा माओवादी केन्द्रले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ।

नेपालभ्युज

मकवानपुरमा सात पालिकाको नतिजा आयो, कांग्रेस चार र एमाले दुईमा विजयी

हेटौँडा। मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ।

सार्वजनिक नतिजामध्ये गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ।

नेकपा एमालेले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्रले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ।

कांग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ।

कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए।

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved