करिब २ हजार मतान्तरले रेनुको अग्रता कायमै

नेपालभ्युज

करिब २ हजार मतान्तरले रेनुको अग्रता कायमै
फाइल तस्वीर

भरतपुर। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

यो समाचार तयार पार्दासम्म भरतपुर महानगरपालिकामा ३० हजार १ सय ५० मतगणना भएको छ। जसमा दाहालले ११ हजार ४७ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ९ हजार ५६ मत पाएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ९ सय ४२ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपमेयरमा गठबन्धनका कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १३ हजार २ सय ४ मत पाएका छन् भने एमालेसँग गठबन्धन गरेको राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७ हजार ३ सय ५० मत पाएकी छन्।

भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले सुवेदीलाई फाइदा पुग्ने विश्लेषण गरिए पनि पौडेलको उम्मेदवारीले हालसम्मलाई दाहाललाई नै लाभ पुगेको देखिएको छ।

यसअघिको निर्वाचनमा पनि भरतपुरमा कांग्रेसले माओवादी केन्द्रले चुनावी तालमेल गरेका दिए। अन्तिम समयमा गएर भएको तालमेलका कारण असन्तुष्ट कांग्रेसी कार्यकर्ताले एमालेका तत्कालीन उम्मेदवार देवी ज्ञवालीलाई मत दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved