आधिकारिक फ्रेन्चाइज ‘नेपाल टी-२० लिग’को घोषणा

क्यानका अनुसार नेपाल टी-२० लिग एक महीनासम्म चल्नेछ। लिगको फाइनल खेल २२ अक्टोबरमा हुनेछ।

नेपालभ्युज

आधिकारिक फ्रेन्चाइज ‘नेपाल टी-२० लिग’को घोषणा

काठमाडौं। नेपालको आधिकारिक फ्रेन्चाइज लिगको रुपमा ‘नेपाल टी-२० लिग’को घोषणा भएको छ। नेपाल क्रिकेट संघले आज एक कार्यक्रम आयोजना गरी आधिकारिक लिग घोषणा गरेको हो।

नेपाल टी-२० लिग राष्ट्रिय खेलकुद परिषद्बाट अनुमति प्राप्त एकमात्रै नेपाली फ्रेन्चाइज लिग हो। यो लिगको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

क्यानका अनुसार नेपाल टी-२० लिग एक महीनासम्म चल्नेछ। लिगको फाइनल खेल २२ अक्टोबरमा हुनेछ।

लिगमा ६ ओटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। सबै टोलीले ‘होम एन्ड अवे’को आधारमा खेलहरु हुनेछन्। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगको घोषणा गरेका हुन्।

क्यानले लिगको व्यापारिक र रणनीतिक सम्झौता भारतीय सेभेनथ्रिस्पोर्टस्सँग गरेको छ। जसबापत क्यानले सेभेनथ्रिस्पोर्टस्बाट चार करोड २० ला रुपैयाँ प्राप्त गर्नेछ।

उक्त कम्पनीले एसियन राष्ट्रहरुमा आईपीएल र फिफा विश्वकपको प्रसारण अधिकार पाएर काम गरिसकेको छ। नेपाली कम्पनीहरुले भन्दा धेरै रकम प्रस्ताव गरेपछि क्यानले सेभेनथ्रिस्पोर्टस्सँग सम्झौता गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved