थाहा नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी विजयी

नेपालभ्युज

थाहा नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी विजयी

मकवानपुर। मकवानपुरका थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ।  नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो।

थाहाको मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी हुनु भएको हो ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९७१९ मत प्राप्त गरी विजयी भए। । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे।
प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन्। थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३,३ वडा जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved