देशभरको आधाभन्दा बढी पालिकाको मतगणना सकियो

देशभर रहेका ७ सय ५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ। बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हो। गणना बाँकी रहेका पालिकाहरूमा ठूला दलहरूले नै अग्रता लिइरहेका छन्।

नेपालभ्युज

देशभरको आधाभन्दा बढी पालिकाको मतगणना सकियो

काठमाडौं। देशभर रहेका ७ सय ५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ। बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हो। गणना बाँकी रहेका पालिकाहरूमा ठूला दलहरूले नै अग्रता लिइरहेका छन्।

जसमा सबभन्दा बढी १ सय ८७ पालिका जितेर कांग्रेस पहिलो दल भएको छ। १ सय १५ स्थानमा जितेर एमाले दोस्रो भएको छ। ८२ स्थान जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ७, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन्। गणना बाँकी रहेका पालिकाहरूमा कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन्। स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो।

पुरै पालिका गणना सकिएको ८ जिल्ला मात्र

हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्न भएका छन्। जसमध्ये प्रदेश १ का २, वाग्मतीको १, गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १\१ जिल्लामा मतगणना सम्पन्न भएको हो। प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन।

प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालेले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन्। यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ। जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३÷३ वटा जिल्लामा जित हासिल गरेका छन्।

वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्न भएको छ। जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ। गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved