बाबुरामको गृहनगरमा जसपा ७०० मतले पछाडि

नेपालभ्युज

बाबुरामको गृहनगरमा जसपा ७०० मतले पछाडि

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरापलिकामा जसपा ७२१ मतले पछि परेको छ।

१५ हजार ५४५ मतगणना सकिँदा नेकपा माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ७८२ मतसहित अग्रता बनाइरहेका छन्। जसपाका प्रेम गुरुङले ४ हजार ६१ मत प्राप्त गरेका छन्। त्यस्तै,नेपाली कांग्रेसका दीपकबाबु कँडेलले ३ हजार ७०५ मत पाएका छन्।

उपप्रमुखमा पनि माओवादीले नै अग्रता बनाएको छ। माओवादीकी बन्दना पाण्डेले ४ हजार ४८१ मत ल्याउँदा जसपाले गठबन्धन गरेको नेकपा एमालेकी पार्वती पाठकले २ हजार ८७६ मत मात्र ल्याएकी छन्। कांग्रेसकी उम्मेदवार चेतकुमारी श्रेष्ठले ३ हजार ५४४ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved