तिलागुफाकाे मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

नेपालभ्युज

तिलागुफाकाे मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका शंकरप्रसाद उपाध्याय दुई हजार ९१६ मत ल्याएर नगरपालिकाको मेयरमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी  केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत प्राप्त गरेका छन्।

त्यस्तै उपमेयरमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले दुई हजार ७५९ मत पाउँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा) ले दुई हजार ४१५ मत पाएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved