रविन्द्र मिश्रको पार्टीको दाबी– आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ

नेपालभ्युज

रविन्द्र मिश्रको पार्टीको दाबी– आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ

काठमाडौं। रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आर्थिक स्रोतको अभावमा स्थानीय चुनावमा हार व्यहोरेको बताएको छ। चुनावको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा उक्त पार्टीले अपेक्षाकृत नतिजा नआएको बताएको हो।

“मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो,” पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसक्दा परिचय बनाउन सके पनि पार्टीमा टुटफुटलगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱेको पनि सो दलको दाबी छ।

“हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ,” सो पार्टीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ”अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन। गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ। यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौँ।”

कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेको बताउँदै रविन्द्र मिश्रको उक्त दस्तावेजको भने वचाउ गरिएको छ। भनिएको छ, “अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved