मुगुमा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित

छायाँनाथ रारा नगरपालिका–११ मा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी कुञ्जमा कुमाइ प्रतिद्वन्द्वीलाई ५ मतान्तरले हराउँदै  वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

नेपालभ्युज

मुगुमा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित

सुर्खेत। मुगु जिल्लाको इतिहासमा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन्।

जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ मा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी कुञ्जमा कुमाइ प्रतिद्वन्द्वीलाई ५ मतान्तरले हराउँदै  वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

जितसँगै उनी जिल्लाकाे पहिलाे महिला वडाध्यक्ष बनेकी छिन्। कुमाइले १२९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर बुढाले १२४ मत प्राप्त गरे।

मुगु जिल्लाका ४५ वडामध्ये कुमाइले मात्र महिला वडाध्यक्षमा उम्मेदवारी दिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved