बर्दिवास–७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार १ मतको अन्तरले निर्वाचित

नेपालभ्युज

बर्दिवास–७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार १ मतको अन्तरले निर्वाचित

महोत्तरी। महोत्तरीको बर्दिवास वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव १ मतको अन्तरले विजयी भएका छन्। ७ सय २७ मत प्राप्त गरी यादव विजयी भएका हुन्।

निर्वाचन कार्यालय बर्दिबासका अनुसार यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेन्द्र कुमार सिंहलाई १ मतले पछि पार्दै जित हात पारेका हुन्।

सुरेन्द्रले ७ सय २६ मत प्राप्त गरेका छन्। यादवलाई मेयरका स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको पनि सहयोग थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved