टीकापुर ५ मा रेशम चौधरीको पार्टी प्यानलसहित विजयी

नेपालभ्युज

टीकापुर ५ मा रेशम चौधरीको पार्टी प्यानलसहित विजयी

धनगढी। कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्रा शुरूवात गरेको छ।

गत पुस २० गते मात्रै दर्ता भएको उक्त पार्टीले प्यानलसहित जितेको छ।

सत्तारुढ गठबन्धनसहित पुराना दलहरूका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो।

वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved