स्थगित भएका ठाउँहरूको निर्वाचन मिति तोकियो

नेपालभ्युज

स्थगित भएका ठाउँहरूको निर्वाचन मिति तोकियो

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत रोकिएका ठाउँमा पुनः हुने निर्वाचनको मिति तय भएको छ।

निर्वाचन स्थगित भई सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि मिति तोकी सूचना प्रकाशित गरेका मतदान केन्द्र निम्नानुसार रहेका छन् :

१ प्रदेश १ धनकुटा शहीदभूमि गाउँपालिका ठाकुरदेवी मावि ३ मा जेठ २ गते

२. मधेश सप्तरी डाक्नेश्वरी नगरपालिका जनता मावि २ मा २०७९ जेठ १ गते

३. बागमती रामेछाप खाँडादेवी नगरपालिका राकमथुम ३ मा जेठ २ गते

४. बागमती काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका श्रीराम मावि २ मा जेठ ३ गते

५. कर्णाली कालिकोट रास्कोट गाउँपालिका रमालमस्टो मावि १ मा जेठ १ गते

६. कर्णाली कालिकोट पचालझरना गाउँपालिका जनता मावि खार्दुप १ मा जेठ १ गते

७. सुदूरपश्चिम बझाङ केदारस्यूँ गाउँपालिका जगन्नाथ मावि २ मा जेठ २ गते

८. सुदूरपश्चिम बझाङ जयपृथ्वी नगरपालिका सुनिपिपल चौर मावि २ मा जेठ १ गते

९. सुदूरपश्चिम बझाङ सुर्मा गाउँपालिका कृष्ण प्रावि १ मा जेठ २ गते

१०. सुदूरपश्चिम बझाङ सुर्मा गाउँपालिका आधावगर मावि २ मा जेठ २ गते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved