हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश

नेपालभ्युज

हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश
फाइल फोटो

सर्लाही । उच्च अदालत जनकपुरले सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न आदेश दिएको छ ।

हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो ।

न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे) को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले)का नीरध्वज कार्की निर्वाचित भएका थिए।

निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा(अशोक)ले तीन सय ७८ मत प्राप्त गरेका थिए । कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए ।

वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत छन् । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved