बुढीगंगा अपडेट : चार वडामा जितसहित मेयर र उपमेयरमा एमालेको अग्रता

एमालेले वडानम्बर १, २, ९ र १० नम्बरमा प्यानलै जितेको छ।

नेपालभ्युज

बुढीगंगा अपडेट : चार वडामा जितसहित मेयर र उपमेयरमा एमालेको अग्रता

बाजुरा। बाजुराको बुढिगंगा नगरपालिकामा स्थानीय निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनामा नेकपा एमालेले अग्रता कायम बनाएको छ।

चार वटा एमालेले जितिसकेको छ भने मेयर र उपमेयरमा पनि उसकै उम्मेदवारले फराकिलो अन्तरले अग्रता बनाएका छन।

एमालेले वडानम्बर १, २, ९ र १० नम्बरमा प्यानलै जितेको छ। अहिलेसम्म कुल ३ हजार ६४८ मत गणना हुँदा एमालेका उम्मेदवार रामबहादुर बानियाँले २ हजार १९६ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २३९ मतसहित पछ्याइरहेका छन्।

यस्तै, उपमेयरमा पनि एमालेले अग्रता बनाएको छ। एमालेकी मायाँकुमारी खड्काले २ हजार १९६ मत पाउँदा कांग्रेसकी रीता शाहीले १ हजार २६२ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved