बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न, ६७ प्रतिशत मत खस्यो

नेपालभ्युज

बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न, ६७ प्रतिशत मत खस्यो

सुर्खेत। स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। बिहान ७ बजेबाट मतदान शुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ।

दिउँसो बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा  मतदान केन्द्रमा केही तनाव भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो। करीब १५ मिनेट मतदान रोकेर पुन: मतदान शुरु गरिएको थियो।

नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६.७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

गत  ३० वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved