स्थानीय चुनावमा कांग्रेस सबैभन्दा ठुलो दल, एमाले भन्दा डेढ लाख बढी मत (निर्वाचन आयोगको आंकडासहित)

नेपालभ्युज

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । यसअघि नेकपा एमालेले आफु पहिलो पार्टी भएको दाबी गर्दै आएको थियो ।

तर निर्वाचन आयोगले भने वडाध्यक्षमा एमालेभन्दा कांग्रेसले करिब डेढ लाख बढी मत बढी पाएको आंकडा सार्वजनिक गरेको हो । आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ ।

एमालेले वडामा पाएको मत ३८ लाख ११ हजार ६०२ छ ।  नेपाली कांग्रेसले ३४.२८ र एमालेले ३३.० ३ प्रतिशत मत पाएको आयोगले जनाएको छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ । यो १३ .०३ प्रतिशत हो ।

चौथो स्थानमा रहेको जनता समाजवादी पार्टीले ६ लाख ८८ हजार ३८० मत पाएको छ । यस्तै एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ मत पाएको आयोगको विवरणमा उल्लेख छ ।

आयोगले सार्वजनिक गरेको डाटा यस्तो छ :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved