डोल्पाको जगदुल्ला गाउँपालिकाबाट माओवादीले खोल्यो खाता

नेपालभ्युज

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट माओवादीले खोल्यो खाता

सुर्खेत। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन्।

रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्।

योसँगै नेकपा माओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन्। उनले ७५९ मत ल्याइन् भने प्रतिस्पर्धी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन्। ६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved