विराटनगरमा ६७ प्रतिशत बढी मतदान, मतगणनाबारे छलफल

नेपालभ्युज

विराटनगरमा ६७ प्रतिशत बढी मतदान, मतगणनाबारे छलफल

विराटनगर। स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ।

विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन्। विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन्। सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै वडाबाट मतगणना स्थलमा मतपेटिका ल्याउने कार्य भइरहेको छ।

विराटनगर-७ स्थित आदर्श माध्यमिक विद्यालयलाई मतगणना स्थल तोकिएको छ।

अब केहीबेरमै बस्ने सर्वदलीय बैठकले मतगणना आजै गर्ने वा भोलि गर्ने विषयमा आवश्यक निर्णय गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved