सेतीको खोचमा खसेका युवकको उद्धार

नेपालभ्युज

सेतीको खोचमा खसेका युवकको उद्धार

काठमाडौं। पोखरा महानगरपालिका–७ को घारिपाटनस्थित सेती नदीको खोचमा खसेका एक युवकको उद्धार गरिएको छ।

प्युठानको गौमुखी गाउँपालिका घर भएका २३ वर्षीय विशाल थापा मगरलाई सशस्त्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्रीको टोली र नेपाली सेनाको महाविर गणले घाइते अवस्थामा उद्धार गरेको हो।

पोखरा–१५ नयाँगाउँ बस्ने थापा माछा मार्ने क्रममा चिप्लिएर लडेका थिए। पोखरामा मिस्त्री काम गर्दै आएका थापाको खुट्टामा चोट लागेका छ। उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved