प्रचण्डकी छोरी भन्छिन्- माडीमा बुवा आफन्त भेट्न जानुभएको, नाम थाहा छैन

निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमालेले भरतपुर र माडीमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गरेको छ।

नेपालभ्युज

प्रचण्डकी छोरी भन्छिन्- माडीमा बुवा आफन्त भेट्न जानुभएको, नाम थाहा छैन

काठमाडौं। मौन अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको माडीमा पुगे। असन्तुष्ट पक्षलाई फकाउन उनी माडी पुगेका थिए। मौन अवधि शुरु भइसकेपछि बिहीबार बिहान प्रचण्ड माडी पुगेपछि उनको आलोचना भएको छ।

मौन अवधिमा प्रचण्ड माडी पुगेर भोट मागेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाले चितवनले विज्ञप्ति जारी गर्दै भरतपुर र माडीका गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गरेको छ।

विपक्षीले कारबाहीको माग गरिराख्दा यता माओवादी केन्द्रले भने प्रचण्डले माडी पुगेर भोट नमागेको दाबी गरेको छ। प्रचण्डकी पुत्री समेत रहेकी प्रचण्डकी सचिवालयकी सचिव गंगा दाहालले प्रचण्ड माडीमा आफन्त भेट्न गएको दाबी गरेकी छन्। नेपालभ्यूजसँगको कुराकानीमा  मन्त्रीसहित प्रचण्ड माडी गएको भन्ने झूटो भएको दाबी गर्दैन उनले भनिन्, ‘‘बुवा आफ्नो बहिनीलाई भेट्न जानुभएको हो, आचारसंहिताको उल्लंघन गरी माडी गएको भन्ने अफवाह मात्र हो।”

प्रचण्डकी बहिनीको बारेमा चासो राख्दा उनले नाम भने खुलाउन सकिनन्।

स्थानीय तहको शुक्रबार मतदान हुँदैछ। प्रचण्डले भरतपुर–१४ स्थित शान्तिपुर माविबाट मतदान गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved