बैंकमा पनि आइतबार बिदा, विद्यालयमा शुक्रबार दिनभर पढाइ

नेपालभ्युज

बैंकमा पनि आइतबार बिदा, विद्यालयमा शुक्रबार दिनभर पढाइ

काठमाडौं। जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द हुने भएका छन्।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले प्रत्येक शनिबार र आइतबार वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न निर्देशन दिएको हो।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। दशैं तिहारको सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यक सेवा भने खुला गर्ने व्यवस्था मिलाउन बैंकले निर्देशन दिएको छ।

त्यस्तै सरकारले १ जेठदेखि लागुहुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने पनि निर्णय गरेको छ। मन्त्रिपरिषद्ले यसबारे पहिल्यै निर्णय गरिसकेको थियो। जसअनुसार अब विद्यालयमा शुक्रबार पनि पूरा पढाइ हुने भएको छ भने सार्वजनिक बिदा दिएका कारण पठनपाठनमा कमी हुने हुँदा बर्से र हिउँदे बिदा कटौती गर्न पनि सरकाले निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved