लागूऔषधसहित युवक पक्राउ

भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो।

नेपालभ्युज

लागूऔषधसहित युवक पक्राउ
सांकेतिक तस्वीर

भादगाउँ। भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५ प ८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित उनलाई पक्राउ गरेको हो।

सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved