मकवानपुरमा चुनावको तयारी पूरा, तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नेपालभ्युज

मकवानपुरमा चुनावको तयारी पूरा, तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटौँडा। मकवानपुरमा स्थानीय निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।

जिल्लाको दश वटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरूमा कर्मचारीहरू खटिएका छन्। जिल्लामा एक सय दुई वटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन्।

निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान स्थलहरूमा आजबाट निर्वाचन अधिकृतसहितका कर्मचारीहरू खटिएका छन्। विकट गाउँपालिकाका मतदान केन्द्रमा भने सोमबार नै मतदान अधिकृतहरू खटिइसकेका छन्। मंगलबार बेलुकासम्म कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिका अनुसार काम गर्न थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।

मकवानपुरमा निर्वाचनको सुरक्षाको लागि तीन हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई सुरक्षित तरिकाले चुस्त दुरुस्त सम्पन्न गराउनको लागि तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

निर्वाचन सुरक्षाका लागि एक हजार चार सय ७३ जना म्यादी प्रहरी, पाँच सय जना नेपाली सेना, चार सय जना सशस्त्र प्रहरी र नौ सय जना नेपाल प्रहरी खटाइएको पाण्डेले बताए। मतदान केन्द्रको सुरक्षाको लागि भित्री सुरक्षामा प्रहरी र मतदान केन्द्र बाहिर सेना खटाइनेछ।

मकवानपुरमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved