आरजु देउवाको अभिव्यक्तिप्रति निर्वाचन आयोगको नोटिस

नेपालभ्युज

आरजु देउवाको अभिव्यक्तिप्रति निर्वाचन आयोगको नोटिस

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु देउवालाई स्पष्टीकरण सोध्न सक्ने संकेत गरेको छ।

देउवाले २१ वैशाखमा डडेलधुराको चुनावीसभालाई सम्बोधनका क्रममा राखेको अभिव्यक्तिप्रति आयोगले जानकारीमा राखेको बताएको छ। डडेलधुराको चुनावीसभालाई सम्बोधन गर्दै आरजू देउवाले “करुवा हरुवा पार्टीलाई मतदान नदिनिहोस्, कांग्रेसले नजितेको स्थानीय तहमा हामी पैसा पठाउँदैनौँ,” भन्ने अभिव्यक्ति दिएकी थिइन्।

आरजूको सो अभिव्यक्ति राष्ट्रिय निर्वाचन आयोगको नोटिसमा रहेको निर्वाचन आयोगमा राजनीतिक दल हेर्ने शाखाका सह–सचिव यज्ञ भट्टराईले जानकारी दिए।

राष्ट्रिय निर्वाचन आयोगका सह–सचिवले नोटिसमा मात्रै लिएको बताए पनि निर्वाचन आयोगले आरजू देउवालाई स्पष्टिकरण सोध्नेसम्मको तयारी गरेको निर्वाचन आयोग स्रोतको दाबी छ। यसअघि मेयर पदका उम्मेदवारदेखि प्रदेशमन्त्री समेतलाई निर्वाचन आचार संहिता उल्लघंन गरेको आरोपमा स्पष्टिकरण सोधेको निर्वाचन आयोगले प्रधानमन्त्री पत्नी आरजूलाई समेत स्पष्टिकरण सोध्ने तयारी गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved