काठमाडौं महानगरः प्रचण्ड नातावादमा लागेको भन्दै माओवादीका तीन वडाध्यक्ष उम्मेदवार एमाले प्रवेश

श्रेष्ठले समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण पनि व्यक्त गरे।

नेपालभ्युज

काठमाडौं महानगरः प्रचण्ड नातावादमा लागेको भन्दै माओवादीका तीन वडाध्यक्ष उम्मेदवार एमाले प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष एकपछि अर्को गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । केही दिनअघि मात्रै वडानम्बर १३ र १५ बाट उम्मेदवार बनेका वडाध्यक्ष टिमसहित एमाले प्रवेश गरेका थिए ।

आज फेरि माओवादी केन्द्रबाटै वडानम्बर २४ का वडाध्यक्ष पदका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) प्रवेश गरेका छन्। उनीसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौको जिल्ला सचिव राजेश शाक्यले टिका लगाएर स्वागत गरे।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

“नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन, उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ,” श्रेष्ठले भने, “केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्दै घीनलाग्दो शब्द प्रयोग गर्नुभयो । उहाँका त्यस्ता अभिव्यक्तिले हामीलाई त्यो पार्टीमा बसिरहन झन् असहज भयो र आज एमाले प्रवेश गर्यौँ।”

श्रेष्ठले समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण पनि व्यक्त गरे।

यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरको वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved