देउवा–प्रचण्डको नक्कली पिरती धेरै दिन टिक्दैन : सुरेन्द्र पाण्डे

नेपालभ्युज

देउवा–प्रचण्डको नक्कली पिरती धेरै दिन टिक्दैन : सुरेन्द्र पाण्डे

चितवन। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको नक्कली माया पिरती धेरै दिन नटिक्ने बताएका छन्।

आइतबार भरतपुरमा आयोजित चुनावी सभामा एमाले नेता पाण्डेले देउवा र दाहालको प्रेम छिट्टै अङ्गभङ्ग हुने दाबी गरे। उनले भने, ‘‘उहाँहरुबीच प्रेम बसेको रैछ। तर यो नक्कली पिरती धेरै दिन टिक्दैन, छिट्टै टुट्छ। अंगभंग हुन्छ।’’

प्रधानमन्त्री देउवाले एक कार्यक्रममा आफ्नै जोडले रेनुलाई मेयरको उम्मेदवार बनाएको बताएका थिए। देउवाको सोही अभिव्यक्तिलाई आधार मानेर उनले पछिल्लाे समय बढेकाे देउवा–प्रचण्डकाे निकटतालाई पिरतीको नाम दिँदै व्यंग्य गरेका हुन्।

उनले केपी ओलीले जम्मा गरेको ढुकुटी गठबन्ध सरकारले सिध्याएको आरोप समेत लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved