गाडीको छतबाट खसेर चुनाव प्रचारमा हिँडेका एक कार्यकर्ताको मृ्त्यु

गाडीको छतबाट खसेर चुनाव प्रचारमा हिँडेका एक कार्यकर्ताको मृ्त्यु
सांकेतिक तस्वीर।

सल्यान। सल्यानमा नेपाली कांग्रेसको चुनाव प्रचारप्रसारमा हिँडेका एक कार्यकर्ताको गाडीको छतबाट खसेर मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो।

उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved