माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने सो पार्टीले जनाएको छ ।

यसअघि विहान ८ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण दिउँसो सारिएको हो ।

बैठकमा पार्टीको जारी रुपान्तरण अभियानको समिक्षा गर्ने एजेण्डा राखिएको सचिव गणेश साहले बताए ।

माओवादीको ४ महिने रुपान्तरण अभियान आगामी पुस १६ गते सकिदै छ । पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

पार्टीको विधान सम्मेलनको मिति तय गर्न केन्द्रीय समितिको बैठक बोलाउने साहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved