काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ ।
अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए । उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि नेपाली कांग्रेस सर्वोच्च पुगेको थियो ।
यसअघि दायर भएको रिट सर्वोच्चले खारेज हुने फैसला सुनाएको थियो । उक्त फैसलापछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीविरुद्ध दर्ता गराइएको यो दोस्रो रिट थियो ।
Facebook Comment
Comment