‘सामाजिक सञ्जालको प्रभावले आमसञ्चार माध्यममा हुनुपर्ने चुनावी रिपोर्टिङ भएन’

नेपालभ्युज

‘सामाजिक सञ्जालको प्रभावले आमसञ्चार माध्यममा हुनुपर्ने चुनावी रिपोर्टिङ भएन’

काठमाडौं। आमसञ्चार माध्यममा आउनुपर्ने समाचार सामाजिक सञ्जालबाट प्रभावित हुँदा स्थानीय तहको निर्वाचको समयमा हुनुपर्ने रिर्पोटिङ नभएको आमसञ्चार माध्यमका जानकारहरूले बताएका छन्। काठमाडौंमा आज आयोजित हिमाल मिडिया मेला कार्यक्रमअन्तर्गत निर्वाचन मिथ्या समाचार र मिडिया साक्षरता कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्।

पत्रकारिताका प्रध्यापक रामकृष्ण रेग्मीले निर्वाचन रिर्पोटिङका नाममा ‘अनप्रोसेस्ड’ सूचना आएको र यस्ता सूचना सामाजिक सञ्जालबाट प्रभावित भएको बताए। स्थानीय निर्वाचनका समयमा सञ्चार माध्यममा आउनुपर्ने महत्त्पूर्ण विषय छुटेको उनको भनाइ थियो। “आमसञ्चारको पर्यावरण बुझ्न नसक्दा यस्तो समस्या आएको हो,” प्रध्यापक रेग्मीले भने, “प्रजातन्त्र स्थापनापश्चात् जनतालाई निर्वाचनका विषयमा साक्षार बनाउनुपर्नेमा यस्तो नहुँदा पनि समस्या आएको छ।”

सूचना आम मानिसका लागि भएका कारण जीवन उपयोगी सूचनालाई सञ्चार माध्यमले उनीहरूसमक्ष पुर्‍याउने भूमिका खेल्नुपर्ने उनको तर्क थियो। आमसञ्चार माध्यमका विषयमा जनतालाई साक्षर मात्रै गराएर नपुग्ने भन्दै प्रध्यापक रेग्मी भन्छन्, “सञ्चार माध्यम भनेको बुझ्नुपर्ने विषय हो त्यसैले मानिसलाई यस विषयमा साक्षार मात्रै बनाएर पुग्दैन बुझ्ने बनाउँनुपर्छ।”

यस्तै कार्यक्रममा फ्याक्ट चेक नेपालका पत्रकार उमेश श्रेष्ठले गलत सूचनाका कारण निर्वाचनका समयमा उपर्युक्त सूचना आम मानिसमाझ पुग्न नसक्ने बताए। निर्वाचनका समयमा गलत सूचनाको प्रवाह अधिक हुने बताउँदै भने, “स्थानीय तहको निर्वाचनमा धर्म र जातजातिका विषयको गलत सूचना प्रवाह हुने सम्भावना बढी हुन्छ।”

अर्की वक्ता समा थापाले राजनीतिक दलले मानिसलाई आफनो राजनीतिक विचारका आधारमा आकर्षित गर्न नसक्दा गलत सूचना प्रवाह गरेर आफू र आफ्नो पार्टीप्रति आकर्षित पत्रकारिताको पर्यावरण नबुझ्दा सञ्चार माध्यममा समस्या देखिएको बताइन्। सञ्चारमाध्यममा पूर्ण सूचनालाई छोट्याएर गलत अर्थ लाग्नेगरी समाचार बनाउने प्रवृत्तिको विकास भएको उनले बताइन्। “बनिबनाउ समाचार मात्रै गलत समाचार होइन,” थापा भन्छिन्, “आधा सूचना दिनु पनि गलत समाचार हो।”

सोही कार्यक्रमको अर्को खण्डमा पत्रकार युवराज घिमिरेले आमसञ्चार माध्यममा मूल्य र मान्यता खस्किँदै गएको बताए। नैतिक र जवाफदेही पत्रकारिता शीर्षकको खण्डका वक्ताका रूपमा प्रस्तुत पत्रकार घिमिरेले पत्रकारितामा जावाफदेहीताको कमी बढ्दै गएको बताउँदै पत्रकारिता जवाफदेही हुनपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रो सञ्चार जगतमा संस्थागत हिसाबमा नै पेशाप्रति जवाफदेही नहुने प्रवृत्ति बढ्दै गएको छ यो हट्नुपर्छ।”

यस्तै सोही शीर्षकको कार्यक्रममा वक्तका रूपमा प्रस्तुत अर्का पत्रकार प्रतीक प्रधानले पत्रकारितामा लागेका पत्रकारमा राजनीतिक र आर्थिक स्वार्थ बढी देखिएको बताए। अघिल्लो पुस्ताका पत्रकार राजनीतिमा बढी आकर्षित थिए भने अहिलेका पत्रकार राजनीतिसँग आर्थिक मामिलामा पनि बढी आकर्षित भएका कारण पत्रकारितलाई आफ्नो पेशा बनाएको उनको भनाई थियो। उनी भन्छन्, “राजनीतिक र आर्थिक स्वार्थ बोकेर पत्रकारितामा आउने जमात बढेका कारण पत्रकारिता क्षेत्रलाई त्यसले असर पुर्‍याएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved