चेन्नईलाई हराउँदै आरसीबी आईपीएलको चौथो स्थानमा

महाराष्ट्र क्रिकेट एशोसिएशन स्टेडियममा आरसीबीले चेन्नेई सुपर किंग्सलाई १३ रनले पराजित गरेको हो।

नेपालभ्युज

चेन्नईलाई हराउँदै आरसीबी आईपीएलको चौथो स्थानमा

काठमाडौं । लगातार तीन खेलमा पराजित रोयल च्यालेन्जर्स बेंग्लोर(आरसीबी)ले आईपीएलमा आज जित दर्ता गरेको छ।

महाराष्ट्र क्रिकेट एशोसिएशन स्टेडियममा आरसीबीले चेन्नेई सुपर किंग्सलाई १३ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। पूरै ओभर खेलेको आरसीबीका लागि सर्वाधिक महिपाल लोमरले २७ बलमा ४२ रन बनाए। उनको यो सिजन आरसीबीबाट दोस्रो खेल हो।

त्यस्तै कप्तान फाप डु प्लेसिले २२ बलमा ३८ रन बनाए। विराट कोहलीले ३३ बलमा ३० रन बनाए। त्यसैगरी दिनेश कार्तिकले २६ तथा रजत पडिकरले २१ रन बनाए।

१ सय ७४ लक्ष्य पछ्याएको चेन्नई पूरा ओभर खेल्दै १६० रन मात्र बनाउन सक्यो। शुरुआतमा राम्रो प्रदर्शन गरे पनि चेन्नईको १४ ओभरपछि लगातार विकेट गएको थियो।

चेन्नईका लागि डेवन कोन्वेले सर्वाधिक ५६ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। त्यस्तै मोएन अलीले ३४ रन बनाए।

आरसीबीका हर्षल पटेलले ३ विकेट लिए। जारी आईपीएलमा आरसीबीले ११ खेलमध्ये ६ जितेको छ भने ५ खेलमा हार बेहोरेको छ। योसँगै चेन्नईको १० खेलमा यो सातौं हार हो। टोलीले ३ खेल मात्र जितेको छ।

रवीन्द्र जडेजाले कप्तानी छाडेपछि महेन्द्र सिंह धोनीको कप्तानीमा यो दोस्रो खेल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved