उम्मेदवारको मुख होइन, मतपत्रमा रुख हेरेर भोट दिनुस् : विश्वप्रकाश शर्मा

विराटनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले स्थानीय तहको चुनावमा मतपत्रमा रुख चिह्न हेरेर मतदान गर्नका लागि आग्रह गरेका हुन्।

नेपालभ्युज

उम्मेदवारको मुख होइन, मतपत्रमा रुख हेरेर भोट दिनुस् : विश्वप्रकाश शर्मा
फाइल तस्वीर

विराटनगर। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय चुनावमा पार्टीका उम्मेदवारको मुखभन्दा चुनाव चिह्न रुख हेरेर मतदान गर्न आग्रह गरेका छन्।

विराटनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले स्थानीय तहको चुनावमा मतपत्रमा रुख चिह्न हेरेर मतदान गर्नका लागि आग्रह गरेका हुन्।

शर्माले कांग्रेसभित्र रहेका गुट, उपगुटमा नलागी सबै मतदातालाई रुख चिह्न हेरेर मतदान गर्न आग्रह गरेका हुन्। उनले गुट, उपगुट भन्ने कुरा व्यवस्थापनका क्रममा मात्रै हुने भन्दै चुनावमा रुख मात्रै हेर्न आग्रह गरेका हुन्।

शर्माले सत्ता गठबन्धनको तर्फबाट उठेका सबै उम्मेदवारलाई विजयी गराउन पनि सबै मतदातालाई आग्रह गरे। उनले अहिले देशको आवश्यकताका आधारमा पाँच दलीय गठबन्धन बनेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved