नरभक्षी बाघ नियन्त्रणमा

नेपालभ्युज

नरभक्षी बाघ नियन्त्रणमा
फाइल तस्वीर

चितवन। मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही १८ वैशाखमा एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो। अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ। बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले बताए।

बाघ राख्न कसरा र सौराहामा खोर छ। कसराका खोरमा दुईवटा बाघ रहेका छन्। एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो। सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ। निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved