आईपीएल- लगातार पाँच जितपछि हार्‍यो गुजरात

शीर्ष स्थानको गुजरातमाथि पन्जाबको सानदार जित

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। गएराति मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो।

नेपालभ्युज

आईपीएल- लगातार पाँच जितपछि हार्‍यो गुजरात

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। गएराति मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो।

जितसँगै १० खेलबाट १० अंक जोडेको पञ्जाब तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने हारका बावजुत गुजरात १६ अंक जोडेर शीर्षस्थानमा कायम छ। लगातार पाँचवटा जितपछि गुजरातले पञ्जाबसँग हार ब्यहोरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। गुजरातका लागि साइ सुदर्शनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाए। ऋद्धिमान शाहले २१ तथा डेभिड मिलर र राहुल तेवातियाले समान ११ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

गुजरातलाई सामान्य लक्ष्यमा रोक्न पञ्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए। अर्सदीप सिंह, ऋषि धवन र लिआम लिभिङस्टोनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो। पञ्जाबका लागि शिखर धवनले सर्वाधिक अविजित ६२ रन बनाउँदा भानुका राजापाक्षेले ४० र लिआम लिभिङस्टोनले ३० रनको योगदान दिए।

गुजरातका मोहम्मद शमी र लिआम लिभिङस्टोनले समान १ विकेट लिए।

आज हुने खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नइ सुपरकिंग्स भिड्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved