सुम्निमाको विवाह समारोहमा सरिक हुन राहुल गान्धी काठमाडौंमा

नेपालभ्युज

सुम्निमाको विवाह समारोहमा सरिक हुन राहुल गान्धी काठमाडौंमा

काठमाडौं। भारतको प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी आफ्ना एक साथीको विवाह समारोहमा सरिक हुन काठमाडौं आएका छन्। सोमबार अपराह्न साढे चार बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्रोतले बताएको छ।

बिदा मनाउन काठमाडौं आएको बताइए पनि खासमा उनी सीएननकी पूर्वसंवाददाता समेत रहेकी उनकी निकटतम् साथी सुम्निमा उदासको विवाह समारोहमा सरिक हुन आएका हुन्। सुम्निमा उदास वर्माका पूर्वराजदूत समेत रहेका गैरआवासीय नेपाली भीम उदासकी छोरी हुन्।

एक उच्चस्तरीय स्रोतका अनुसार सुम्निमा उदासको यसै साता निमा  मार्टिन शेर्पासँग विवाह हुने कार्यक्रम तय भएको छ।

पत्रकारिता क्षेत्रबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी सुम्निमाले एक दशकभन्दा बढी समय अमेरिकी टेलिभिजन सीएनएनको संवाददाताको रुपमा काम गरेकी थिइन्। उनले न्यूयोर्क, भारत, हङकङलगायत विभिन्न ठाउँमा बसेर पत्रकारिता गरेकी छन्।

सीएनएनको दक्षिण एशिया संवाददाताका रुपमा दिल्ली बसेर काम गर्दा भारतका चर्चित सिने कलाकार, राजनीतिक व्यक्तित्वहरूसँग निकटको सम्बन्ध स्थापित भएको थियो। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसँग पनि त्यसै सिलसिलामा उनको नजिकको सम्बन्ध स्थापित भएको बताइन्छ।

चार वर्षअघि गान्धी काठमाडौं हुँदै मानसरोवरको यात्रामा जाँदा पनि सुम्निमा उदाससँग भेटेर डिनर मिटिङ गरेको चर्चा थियो।

भारतीय पत्रकार सन्जय ब्राग्ताले गरेको ट्वीट

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved