फास्ट ट्रयाकमा लोडर दुर्घटना : दुई जनाको मृत्यु

नेपालभ्युज

फास्ट ट्रयाकमा लोडर दुर्घटना : दुई जनाको मृत्यु

हेटौंडा। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा लोडर पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

मृत्यु हुने दुवै चिनीया नागरिक भएको बताइएको छ।

निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो। लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ। लोडरमा ५ जना चिनिया नागरिक र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ।

बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved