ओली हराइसकेपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ : वर्षमान पुन

नेपालभ्युज

ओली हराइसकेपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै यसपछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

“हामी संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका उपलब्धिहरूका रक्षापछि हामी प्रतिस्पर्धा गर्छौं। माओवादी समाजवादको आधार तयार गर्दै समाजवादतिर जाने उसको गन्तव्य छ। कांग्रेसको प्रजातान्त्रिक समाजको गन्तव्य छ। आ-आफ्ना गन्तव्यहरू छन्। हामी प्रतिस्पर्धा गर्छौं त्यो अवस्थामा। यो रूपले हामीले अहिलेको राजनीतिक एजेण्डालाई गठबन्धनलाई बुझ्न जरुरी छ।”

नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको पनि आरोप लगाए। एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको बताए।

ओलीले बाहिर बाहिर हुंकार गरेको भए पनि भित्रैबाट गलिसकेको र पराजित भइसकेको पुनले बताए। ओली पराजित हुनु वामपन्थीहरूको एकताको ग्यारेन्टी भएको उनको भनाइ थियो। उनले, “उहाँ आफै आज धार्मिक एजेण्डा बोकेर हिँड्ने राजावादीहरूसँग तालमेल गर्दै हिँड्ने अवस्थामा पुग्नुभएको छ। हिजो उहाँले हुंकार गर्नुहुन्थ्यो। पाँच दल पाँच किलो म एक्लै एक क्विन्टल एमाले भन्नुहुन्थ्यो। आज कांग्रेसले कारबाही गरेको गोविन्दराजलाई लिएर केही ग्राम थप्दै हुनुहुन्छ। त्यहाँ ढक नपुगेर, वेट नपुगेर।

उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे। भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रुपमा ध्रुवीकरण हुने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved