नेप्सेमा सामान्य वृद्धि, दश वटा उपसमूह बढ्दा तीन राताम्मे 

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, दश वटा उपसमूह बढ्दा तीन राताम्मे 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अंकले बढेर २११३ दशमलव २७ को विन्दुमा पुगेको छ ।

सोमबार ३१७ कम्पनीका ५८ हजार ४ सय ८३ पटकको कारोबारमा ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको छ जसमा कारोबार रकम भने ३ अर्ब ८९ लाख ३७ हजार ६४ हजार १ सय ४३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३० अंकले घटेर ३७८ दशमलव ९२ को विन्दुमा पुगेको छ । सोमबार निर्माण तथा प्रशोधनमा लगानीकर्ता झुम्मिएका छन् । जुन ५० दशमलव ७२ अंकले बढेको छ ।

विकास बैंक २५ दशमलव ९३ अंक, फाइनान्स २९ दशमलव ८८ अंक, हाइड्रोपावर ६ दशमलव २६ अंक, इन्भेष्टमेन्ट १ दशमलव ३७ अंक, बीमा कम्पनीको ४१ दशमलव ७६ अंक, माइक्रोफाइनान्स १९ दशमलव ४१ अंक, म्युचुअल फण्ड ० दशमलव ०९ अंक, ट्रेडिङ्स इन्डेक्स ६ दशमलव २२ र अन्य १० दशमलव ५६ अंकले बढेको छ ।

त्यस्तै, होटेल र पर्यटन सोमबार २६ दशमलव ७२ अंकले घटेको छ । बैंकिङ उपसमूह ८ दशमलव ७७ अंकले घट्दा निर्जीवन बीमा कम्पनीहरूले २४ दशमलव ५२ अंक गुमाएको छ । १३ उपसमूहमध्ये तीन वटा बढेको छ भने १० वटा घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved