कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक, छानबिन समितिबारे धारणा बनाउने

नेपालभ्युज

कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक, छानबिन समितिबारे धारणा बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आजै दिउँसो १ बजेका लागि बैठक बोलाएको सहमहामन्त्री जिवन परियारले जानकारी दिए ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि कांग्रेसले बैठक बोलाएको हो ।

सो बैठकबाट पार्टीले संसदीय छानबिन समितिबारे धारणा बनाउने परियारले बताए ।

सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved