अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ, नत्र प्रतिवादमा उत्रन्छौं : एमाले

नेपालभ्युज

अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ, नत्र प्रतिवादमा उत्रन्छौं : एमाले

काठमाडौं । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही बनेको आरोप लगाएको छ ।

बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले सहकारी प्रकरण, गिरीबन्धु टी-स्टेटका बारेमा पार्टी अध्यक्षविरूद्ध राजनीतिक आक्षेप लगाएको बताए ।

उनले यस विषयमा कांग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिए ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अध्यक्ष केपी ओलीप्रति पूर्वाग्रही बनेको छ, सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममा विभिन्न आरोप लगाउँदै आइरहेको छ, हामी यसबाट पछि हट्न आग्रह गर्छौ, यसबाट पछि हट्दैन भने एमाले प्रतिवादमा उठ्नेछ ।’

उनले यसअघि भने, ‘अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले लिखित रूपमा क्षमायाचना र सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा सम्बन्ध राम्ररी बढ्दैन ।’

यस्तै, उनले संसदीय छानबिन समितिको विषयमा कांग्रेसले एकपछि अर्को असहमति जनाउँदै आएको बताए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन, पछिल्दा दिनको कदमले यो संकेत गर्छ, राष्ट्रिय राजनीति विथोल्नेतर्फ उद्यत भएको छ ।’ उनले भने ।

कांग्रेस सहमतिलाई बिथोल्ने कोसिसमा रहेको पौडेलको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved