काठमाडौं । बलिउडका चर्चित र्यापर-गायिका बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरको नाम आजकाल एकअर्कासँग जोडिएको छ ।
हालै हानियाले बादशाहसँग लिंकअप भएको खबरमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
एक अन्तर्वार्तामा उनलाई अहिले कुन गीत रमाइलो भैरहेको छ भनी सोध्दा हानियाले बादशाह, हितेन र करण औजलाको गीत ‘गॉड ड्याम’को नाम लिएकी थिइन् ।
जब उनको अन्तर्वार्ता लिइरहेका हारून रशिदले सोधे, बादशाह साथी हुन् र उनी दुबईमा तपाईसँग पार्टी गर्छन् र कतिपयले रिलेसनसिपमा छन् भन्छन् नी भन्दा हानिया हाँसिन् ।
उनले भनिन्, ‘होइन, त्यो राम्रो गीत हो । मेरो समस्या एउटै हो कि म विवाहित हैन । यदि मेरो विवाह भएको भए म यी अफवाहहरूबाट बच्ने थिएँ ।’
जब हानियालाई बादशाहसँगको मित्रता कसरी भयो भनेर सोधियो, उनले भनिन्, ‘यो व्यक्तिगत प्रश्न हो । उसले मेरो इन्स्टाग्राम रीलमा कमेन्ट गरेका थिए र केही साथीले मलाई भने- सायद बादशाहले तिम्रो पोस्ट लाइक गरेका छन् । मैले भने- साँच्चै ? र त्यसपछि मैले देखेँ कि उसले मलाई इन्स्टाग्राममा प्रत्यक्ष सन्देश पठाएको थियो र थोरै कुरा भयो ।’
उनले यसअघि भने, ‘बादशाह मेरो असल साथी हो । उनी एक सरल र असल व्यक्ति हुनुहुन्छ । साँचो भन्नुपर्दा, जब म कमजोर महसुस गर्छु र सामाजिक सञ्जालमा केहि पोस्ट गर्दिन, उनले मलाई सोध्नुहुन्थ्यो के भयो, केहि गलत छ ?’
को हुन् हानिया आमिर ?
हानियाको जन्म सन् १९९७ मा पाकिस्तानको रावलपिण्डीमा भएको थियो । उनलाई बाल्यकालदेखि नै अभिनयको रूची थियो ।
जब उनी कलेजमा थिइन्, उनले रोमान्टिक कमेडी फिल्म जानमका लागि अडिसन दिएकी थिइन् । त्यसपछि १९ वर्षको उमेरमा यही फिल्मबाट उनले अभिनयमा डेब्यू गरिन् ।
तर, उनले अविश्वासी महिलाको भूमिका निर्वाह गरेको टिटली शृंखलाबाट ठूलो चर्चा पायो । त्यसपछि उनी ‘फिर वही मोहब्बत’ र ‘भिसाल’जस्ता शोहरूमा पनि देखिइन् ।
उनले ‘जबकी ना मालूम’, ‘अफ्राद २’ र ‘परवाज’ जस्ता हिट फिल्म पनि दिएका छन् ।
तर, उनको करियरको टर्निङ प्वाइन्ट टिभी शो ‘मेरे हमसफर’बाट आयो, जसले उनलाई निकै लोकप्रियता दिलायो। यो शो पाकिस्तानमा टीआरपीको मामिलामा शीर्षमा थियो।
यस कार्यक्रममा उनीसँगै पाकिस्तानका चर्चित अभिनेता तथा गायक फरहान सईद पनि देखिएका थिए ।
पाकिस्तानसँगै भारत, बंगलादेश र नेपालमा पनि यो ठूलो मात्रामा देखिएको छ । हाल हानिया ‘मुझे प्यार हुआ था’ शोमा देखिएकी छिन् ।
Facebook Comment
Comment