जनताको पैसा हिनामिना हुँदा पनि सरकार रमिते भएको डा. कोइरालाको आरोप

नेपालभ्युज

जनताको पैसा हिनामिना हुँदा पनि सरकार रमिते भएको डा. कोइरालाको आरोप

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै  उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका हुन् ।

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए । नेता डा कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए । “संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,”– उनले भने ।

नेता  कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय चारैतिर अराजकताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए ।

उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । सहकारीको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बनेर बसेको उनको भनाई छ ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको भन्दै संविधानमा भएको कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved