सहमति खोज्न शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सुरु, देउवा र ओली भने अनुपस्थित

नेपालभ्युज

सहमति खोज्न शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सुरु, देउवा र ओली भने अनुपस्थित
फाइल फोटो । सोमबार बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा नेताहरू ।

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेतृत्वको बैठक बालुवाटारमा बसीरहेको छ ।

केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएका मागका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका हुन् ।

कांग्रेसका कारण जारी संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने उद्देश्यले प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँगको छलफललाई तिब्रता दिएका हुन् ।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत सहभागी छन् ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् ।

त्यस्तै एमालेका तर्फबाट  उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी रहेको त्यहाँ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाले भने कांग्रेसको मागमा असहमति जनाउदै आएका छन् ।

कुरा नमिल्दा कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आएको छ । संसद अवरोधका कारण दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले आज दिनभरी नै सहमतिका लागि प्रयास जारी राख्ने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved