मधेसका मुख्यमन्त्रीलाई ४ दलको ध्यानाकर्षण पत्र- दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

नेपालभ्युज

मधेसका मुख्यमन्त्रीलाई ४ दलको ध्यानाकर्षण पत्र- दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई चार राजनीतिक दलले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एमाले, जनमत, माओवादी केन्द्र र लोसपा नेपालले संयुक्त पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।

‘वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालको निर्णय नगर्न, नगराउन हुन यो ध्यानाकर्षण पत्र पेश गरेका छौँ’, पत्रमा भनिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स-सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

एमाले र माओवादी केन्द्रले वैशाख ३० मा सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved