कार्यालयभित्रै मृत भेटिइन् प्रहरी जवान, स्थानीय र पत्रकारलाई कार्यालय प्रवेशमा रोक

नेपालभ्युज

कार्यालयभित्रै मृत भेटिइन् प्रहरी जवान, स्थानीय र पत्रकारलाई कार्यालय प्रवेशमा रोक
साङ्केतिक स्केच

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवानको शंकास्पद मृत्यु भएको छ । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

मृत्यु भएको खबर फैलिएपछि स्थानीय र पत्रकार भेला भएका छन् । तर, प्रहरीले कार्यालय प्रवेशमा सबैलाई रोक लगाएको छ ।

कार्यालय बाहिर भीड जम्मा भएको छ । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved