गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध परेको मुद्दाको आज टुङ्गो लाग्ने सम्भावना

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध परेको मुद्दाको आज टुङ्गो लाग्ने सम्भावना

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको सम्भवतः आज टुङ्गो लाग्ने छ । दुवै पक्षबाट बहस सकिएको अवस्थामा आज जवाफी बहस हुने छ ।

जवाफी बहस सकिएपछि आजै आदेश आउने सम्भावना बढेकोे हो । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खगराजले विश्वासको मत लिदा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । अधिकारीको पक्षमा ३० मत परेको थियो । गण्डकीमा ६० जना सांसद छन् ।

संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ मत प्राप्त गर्नु पर्ने थियो ।

खगराज अधिकारीले पाएको मत संविधान अनुसार पर्याप्त नभएको भन्दै अधिकारी नेतृत्वको सरकारलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन पाण्डेले दाबी गरेका छन् । पाण्डेको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved