प्रचण्डले भने, ‘यातायात विकास प्राधिकरण बनाउन लागिपर्छु’

नेपालभ्युज

प्रचण्डले भने, ‘यातायात विकास प्राधिकरण बनाउन लागिपर्छु’

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन्।

बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रचण्डले  प्राधिकरण बनाए समस्या समाधान गर्न राज्यको ध्यान केन्द्रित गर्न सकिने बताए।

सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रित गराउने उनले बताए।

गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको पनि उनले बताए।

गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनको भनाइ थियो। यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले प्रतिबद्धता गरे।

उनले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तीन वटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैभरि भूमिका खेल्ने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved