साताको दुई दिन सार्वजनिक बिदाले झन् कठिनाइ हुन्छः समुद्रपार निकासी पैठारी संघ

नेपालभ्युज

साताको दुई दिन सार्वजनिक बिदाले झन् कठिनाइ हुन्छः समुद्रपार निकासी पैठारी संघ

काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले झनै कठिनाइ उत्पन्न हुने नेपाल समुद्रपार निकासी पैठारी संघ जनाएको छ।

आज विज्ञप्ति जारी गर्दै संघले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सरकारको यो निर्णयबाट सरकारका प्रशासनिक निकायबाट नियमित काम लिनुपर्ने एवं बैंक, वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा भने झन् कठिनाइ उत्पन्न हुने संघको ठहर छ।

बैंक, वित्तीय संस्थाहरु हप्तामा लगातार दुई दिन बन्द हुँदा आयातित वस्तुको भन्सार जाँचपास प्रक्रिया लम्बिन गई औद्योगिक कच्चा पदार्थ एवं अन्य वस्तु आयातकर्ता व्यवसायीमाथि विलम्ब शुल्क र डेमरेजको भार थपिने यस संघले ठहर गरेको छ।

बैंक, वित्तीय संस्थामार्फत हुने आर्थिक कारोबार पनि प्रभावित भई उद्योग, व्यवसायमा नकारात्मक असर पर्न सक्ने उसले भनेको छ। सरकारले निर्णय सच्याउँदै सातामा एक दिन मात्र बिदा दिनुपर्ने पनि उनले माग गरेको छ।

सरकारले सकारात्मक सम्भावना देखेर लागू गर्न लागेको दुईदिने बिदाले कर्मचारीको कार्यसम्पादनलाई चुस्तदुरुस्त तथा छिटोछरितो बनाउन नसकेको र साबिककै जस्तो परिपाटी कायम रहे यो मुलुकलाई दीर्घकालसम्म घात हुन सक्नेतर्फ पनि उसले ध्यानाकर्षण गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved