हालसम्म २ लाख ३० हजार विद्युतीय राहदानी जारी

नेपालभ्युज

हालसम्म २ लाख ३० हजार विद्युतीय राहदानी जारी

काठमाडौं। सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिइन्। ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी दिने काम भएको उनले बताइन्।

राहदानीसम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनले बताइन्। राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved